श्रमिक दिवसका अवसरमा कुष्ठ रोग निवारण संस्थामा सहयोग

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ(एनएमएसआरए) पोखरा इकाइले श्रमिक दिवस कुष्ठ रोग निवारण संस्थामा मनाएको छ । पोखरा १५ टुंटुगाको रहेको कुष्ठ रोग निवारण संस्थामा रहेका आश्रितहरुलाई नगद खाद्यान्न सामग्री तथा फलफूल लगायतका सामग्री प्रदान गरि श्रमिक दिवस मनाइएको संस्थाका अध्यक्ष निरज पन्तले जानकारी दिनुभयो ।

संस्थाका पूर्व अध्यक्ष यदुकुमार ओस्तीले मजदुर दिवसका अवसरमा शुभकामना दिदैं एनएमएसआरले सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो । सामाजिक रुपमा अपहेलनामा परेका कुष्ठरोगका विरामीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको उहाँको भनाई थियो ।

निवर्तमान अध्यक्ष दिपक रेग्मीले शुभकामना व्यक्त गर्दै कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिनुभयो । उहाँले परेका कुष्ठरोगीहरुलाई निरन्तर विगत ७ बर्षदेखि कार्यक्रम गर्दै आएको उल्लेख गर्दै कार्यक्रमको निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक जितेन्द्र कुशवाहले कार्यक्रमको आवश्य व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु सहभागी भएका थिए । कार्यक्रमका नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ(एनएमएसआरए) पोखरा इकाइका अध्यक्ष निरज पन्तले सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

Facebook Comments