उपराष्ट्रपति पुन ‘ग्रीन हाउस’मा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवासमा बस्न थाल्नुभएकाे छ । यसअघि पुन गैह्रीधारा स्थित सरकारी निवासमा बस्दै आउनुभएको थियाे । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज विहान लैनचौर स्थित उपराष्ट्रपति भवनमा सर्नुभएकाे हाे ।

मन्त्री परिषदकाे गत भदाै २१ गते बसेकाे बैठकले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको थियाे । मन्त्री परिषदकाे निर्णय भएकाे ८ महिनापछि उपराष्ट्रपति त्यहाँ सर्नुभएकाे हाे ।

उपराष्ट्रपतिको नीजि सचिवालयका अनुसार वातावरण मैत्री हरियो रङले रङ्ग्याइएका कारण उपराष्ट्रपति भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।

तस्वीर : उपराष्ट्रपतिको नीजि सचिवालय

Facebook Comments