आफ्नै अंगरक्षकसँग थाई राजाको विवाह

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गर्नुभएको छ । राज्याभिषेकको तयारी हुँदै गर्दा राजा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग चौंथो विवाह गर्नुभएको हो ।

विवाहपछि महिलालाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक कार्यक्रम रहेको छ । विवाह समारोहको दृश्य थाई टेलिभिजनबाट बुधबार बेलुकामात्रै देखाइएको थियो ।

थाइल्याण्डमा लोकप्रिय ६६ वर्षीय राजा वजिरालंगकर्न सन् २०१६ मा पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि राजा हुनुभएको हो ।

सुथिडा सन् २०१४ मा राजा वजिरालंगकर्नको अंगरक्षकको टिममा समावेश भएको बताइएको छ । राजा वजिरालंगकर्नको यसअघि तीनजनासँग विवाह भएको थियो । तीनै जनासँग सम्बन्ध बिच्छेद पनि भैसकेको छ ।

Facebook Comments