सुचना प्रविधिमा छोटो समयमा नै प्रगति : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना प्रविधिमा नेपालले छोटो समयमा नै प्रगति गरेकाे बताउनुभएकाे छ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो भएपनि अहिले सबैका लागि अत्यावश्यक वस्तु भइसकेको प्नधानमन्त्री अेालीकाे भनाइ छ । “केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न  अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीकाे जाेड थियाे । सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी हुने गरेकाे तर्फ इंगित गर्दै प्रधानमन्त्रीले वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम प्रयाेग हुने अवस्था राेक्नुपर्ने बताउनुभयाे ।

“सामाजिक सञ्जाल र सुचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।” प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

Facebook Comments