सुजुकीको आधुनिक सर्भिस सेन्टर पोखरामा

सुजुकी मोटर्सले पोखरामा ‘सुजुकीका ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ खोलेको छ । सुजुकी गाडीको नेपालको आधिकारिक वितरक सिजि मोटोकर्पको गण्डकी तथा धवलागीरीको आधिकारीक विक्रेता बतास ब्रदर्स प्रा.लि.ले पोखराको नयाँबजारमा ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको हो ।

सर्भिस सेन्टरको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो । सुजुकी गाडीका लागि सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरको क्षेत्रफल करीब १० हजार स्क्वारफिटको रहेको जनाइएको छ । सर्भिस सेन्टरमा ८ वर्किङ बे रहने जनाइएको छ ।

दैनिक ३३ वटा भन्दा बढी गाडी सर्भि्सिङ गर्ने क्षमता सर्भिस सेन्टरमा रहेको बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले जानकारी दिनुभयो । उहाँकाका अनुसार मासिक १ हजार भन्दा बढी गाडी सर्भिस गर्न सक्ने क्षमता सेन्टरमा छ ।

सर्भिस सेन्टरमा सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोगबाट गाडीहरुको सर्भि्सिङ गर्ने व्यवस्था गरिएको छ । सर्भिस सेन्टरमा वडी मेन्टेनेन्स सप, पार्ट सप तथा इञ्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखा रहेका छन् । सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टम द्वारा गाडीको चेक जाँच गरिने बताइएको छ ।

सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जकोसमेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । जहाँबाट ग्राहकले आफ्नो गाडी सर्भि्सिङ्ग भइरहेको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । कम्पनीले ट्याक्सीका गा्रहकहरुका लागी लक्षित गरेर साँझ ६ बजेदेखी ८ बजेसम्म एक्सप्रेस ट्याक्सी मेन्टेनेन्स सेवा प्रदान गर्ने बतासले जानकारी दिनुभयो ।

सिजिमाटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई खुशी राख्दै उनीहरुको भरोसा जितेर सिजीले काम गरेकाले नेपालको नम्बर वान बन्न सफल भएको उल्लेख गर्नुभयो । सुजुकी मोटर्सले गण्डकी तथा धौलागिरीका गोर्खा, वालिङ्ग, बुर्तिवाङ्ग, दुलेगौंडा, बेनी तथा दमौली गरी ६ स्थानबाट सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान गरिदै आएको जनाइएको छ ।

Facebook Comments