प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी र अन्तरक्रिया आयोजना

मे ३ (बैशाख २०) मा विश्व प्रेस स्वतन्त्रता दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रमका साथ मनाउन लागिएको छ । केन्द्रमा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले यूएनडिपी र निर्वाचन आयोग नेपाल समेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलन गरिएको छ ।

यसैगरी पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । चितवनमा नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रभातफेरी निकालेको छ । शुक्रबार विहान महासंघको कार्यालय अस्पताल रोडबाट चौविसकोठीसम्म प्रभातफेरी निकालिएको हो ।

र्यालीमा सहभागीलाई धन्यवाद दिंदै पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले प्रेस स्वतन्त्रतामाथि आँच आउने खालका घटना अहिले पनि भइरहेको भन्दै त्यस्ता घटना महासंघलाई सैह्य नहुने बताउनुभयो ।

पोखरामा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै समक्ष आग्रह गरेका छन् । विद्युतीय कारोबार ऐन मार्फत् पत्रकारलाई हतोत्साही बनाउन खोजिएकोप्रति वक्ताहरुले आपत्ति प्रकट गरेका थिए ।

यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतीनीधीहरु भेला भएर यूनेस्को गुईलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधी प्रदान गरिन्छ । आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ती जारी गर्ने चलन पनि छ ।

यसैविच नेपाल पत्रकार महासंघले सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई यो अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । महासंघका तर्फबाट अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन बलिदना गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शुभकाना दिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले यूएनडिपी र निर्वाचन आयोग नेपाल समेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन् । पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

Facebook Comments