पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार शुक्रबारदेखि बढेको मूल्य लागू भैसकेको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १, १ रुपैयाँ मूल्य बृद्धि भएको हो ।

मुल्य बृद्धि भएसँगै नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकाले नेपालमा पनि मूल्य बढाउनु परेको बताइएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासमा खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

Facebook Comments