नेपालमा फानी आँधीको प्रभावमा हावाहुरी र बर्षा, सतर्क रहन मौसमविद्को आग्रह

नेपालको मौसम पूर्वानुमान महाशाखाले भारतमा आउने शक्तिशालि चक्रवातमा पनि असर पर्ने देखिएको छ । आँधी नेपालमा नआएपनि त्यसको प्रभाव भने पर्ने महाशाखाले जानकारी दिएको हो । चितवन र नवलपुरमा विहान ९ बजेतिर एक्कासी हावाहुरी र बर्षा भएको थियो ।

विभागका अनुसार चक्रवात “फानी” आज बिहान १०:१५ बजे समुद्रबाट भारतको ओडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको छ | यो चक्रवात भारतको पश्चिम बंगाल, झारखण्ड हुँदै उत्तर-पूर्व दिशातर्फ मोडिइ बंगलादेश तर्फ सर्दै जाने क्रममा क्रमश: कमजोर बन्दै जाने छ |

विभागले जनाए अनुसार भु-उपग्रहबाट प्राप्त तस्वीर तथा मौसम विष्लेशणको आधारमा उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना न्युन देखिएको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नभए पनि सो सँग सम्बन्धित मौसम प्रणाली (Peripheral Effect) को कारणबाट नेपालको बिशेषत: पुर्व र मध्य भागमा बदली एबं केहि स्थानहरुमा वर्षा भएको छ । यसको साथै नेपालको पश्चिम र मध्य भु-भागमा भने पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

शुक्रबार बेलुकादेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी र मेघ गर्जन र चटया्ङ्गसहित वर्षा हुने संभावना देखिएको भन्दै महाशाखाले सतर्क हुन आग्रह गरेको छ । फानी समुद्री आँधी नेपाल नजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भएपनि त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने अनुमान मौषमविदहरुले गरेका हुन् ।

यो आँधीका कारण नेपालको हिमाली भेगमा बढि प्रभाव पर्न सक्ने भएकाले हिमाली क्षेत्रमा हवाई उडानमा सचेत रहन समेत आग्रह गरिएको छ । हिमाली क्षेत्रमा यो आँधीका कारण हिमपात हुन सक्ने भएकाले सम्बन्धीत निकायहरुलाई पर्यटकहरुको सुरक्षामा विषेश ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments