मातातीर्थ औंसी आमालाई सम्मान गरेर मनाईंदै

आज माततीर्थ औंसी अर्थात् आफनो जन्म दिने आमाको मुख हेर्ने दिन को माया नगर्ने संसारमा कोही पनि छैंन् । हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित रहेको छ ।

यस दिनलाई आमाको मुख हेर्ने दिन वा आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्दछन् । आजको दिनमा आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर मिठा मिठा परिकार ख्वाउनुका साथै उपहार दिने प्रचलन रहेको छ ।

विभिन्न अध्ययनहरुले मातृवात्सल्यले ओतप्रोत भएका बालबालिकाको भविष्य राम्रो हुने देखाउको छ । आफना छोराछोरीलाई स्याहारसुसार देखि भाषा र सभ्यतालाई सिकाउँदै जीवनको गोरेटो निर्माणमा आमाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

आमा जीवित नहुनेहरूले काठमाडौं उपत्यका रहेको मातातीर्थ मन्दिरमा गई स्नान, पुजा आरधना गरी आमाको नाममा तर्पण दिने गर्दछन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ । मातातीर्थमा विहानैदेखि दर्शनार्थीकाे भीड लागेकाे छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू सम्पन्न भई सुख भोग गर्न पाउँछन् भन्ने धार्मिक विश्वास रही आएको छ ।

Facebook Comments