लान्द्रुक पोखरा समाजको शुभकामना आदान प्रदान

लान्द्रुक पोखरा समावेसी समाजको शुक्रबार पोखरामा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँ पालिका प्रमुख युवराज कुंवरले उक्त भित्तेपात्रो विमोचन गर्दै गाउँको आर्थिक विकास र समृद्धिको लागि उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो ।

प्रमुख कुवंरले अन्नपूर्ण गाँउपालिका ७ मा पर्ने माछापुच्छ्रेकाे २५ सय मिटर उचाइमा रहेको पानी अन्नपूर्ण गाँउपालिका १ देखि ७ वटा वडासम्म वितरण गर्ने तयारी भएको बताए । यस चालु आर्थिक बर्षमा उक्त प्रोजेक्टको लागि १५ लाखको लागतमा डिपिआर समेत तयार भएको छ ।

उक्त क्षेत्रको पानी अन्नपूर्ण गाँउपालिकामा लैजादा करिब ४० हजार जना लाभान्वित हुने भएको प्रमुख कुवंरले बताउनुभयो । हाल अन्नपूर्ण वासिहरुले १३ किलोमिटर टाडाको दुरीबाट जेनतेन गरी पिउने पानीको व्यबस्थापन गरेका छन् ।

समाजका अध्यक्ष क्या.गणेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार चन्द्र बहादुर गुरुङ, समाजसेवी प्रेम बहादुर गुरुङ, भरत गुरुङ, चेत बहादुर गुरुङ, कार्यक्रम संयोजक राम गुरुङ, समाजका कार्यवहाक सचिव श्याँम लामिछाने लगायतले वोलेका थिए ।

Facebook Comments