प्रेस स्वतन्त्रतामाथि हमला भएकाे कस्केली पत्रकारको गुनासो

मुलुकमा लोकतन्त्र स्थापना भए पनि हालसम्म प्रेस स्वतन्त्रता हुन नसकेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको प्रेस स्वतन्त्रताको वर्तमान अबस्था, हाम्रो अधिकार र जिम्मेवारी बिषयक अन्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।

सरकारले नै स्वतन्त्र प्रेस माथि दमन गर्न खोजेको, केही पत्रकारबाटै पत्रकारहरु माथि धम्की दिने गरेको, स्वतन्त्र पत्रकारिताको धर्म र मर्म विपरित राज्यले कानुन बनाएर आम नागरिकको सु–सुचित हुने अधिकार बन्चित गराउन लागेको वक्ताहरुको भनाई थियो ।

महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडैलले यस बर्ष ६० वटा घटनामा ७७ जना पत्रकार पिडित हुन पुगेको जानकारी दिनुभयो । पत्रकार माथि बिद्युतीय कानुन ऐन लागु गरेर स्वतन्त्र पत्रकारीता माथि राज्यले दमन गर्न खोजेको उहाँको भनाइ थियो ।

पत्रकार अर्जुन गिरीले तथ्यका आधारमा समाचार लेखेकै कारण आफु जेल जानु परेको घटना बारे जानकारी गराउदै हाल देशमा स्वतन्त्र पत्रकारिता हुन नसकेको दवाी गर्नुभयो । हामीले आम नागरिकको लागि स्वतन्त्र पत्रकारिता गर्ने हो, जहाँ बेतिथि र भ्रष्टचार भएको छ, त्यसका बिरुद्ध हामीले समाचार लेख्दा जेल जानु पर्ने यो कस्तो मुलुक हो, यो कस्तो ब्यबस्था हो ।” पौडेलेको प्रश्न थियो ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको संचालन सचिव रामप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको समेत माग गरेका थिए ।

Facebook Comments