दक्षिण अफ्रिकाको सरकारमा विपक्षी पार्टीबाट समेत मन्त्री !

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रीमण्डलमा विपक्षी पार्टीका तर्फबाट पनि मन्त्री समावेश गर्नुभएको छ भने मन्त्री मण्डलमा ५० प्रतिशत महिला समावेश छन् । बिबिसीका अनुसार २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना मन्त्री त विपक्षी पार्टीको तर्फबाट समावेश गरिएको हो ।

पेट्रिसिया डे लीली, पूर्वाधार विकास मन्त्री दक्षिण अफ्रिका

राष्ट्रपति रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सहित मन्त्रीमण्डलमा समावेश गराउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गुड पार्टीबाट निर्वाचनमा विजयी पेट्रिसिया डे लीली केपटाउनकी पूर्वमेयर समेत हुनुभएको थियो ।

८ मेमा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेशनल कांग्रेसले चुनाव जितेको थियो । त्यसपछि रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रीमण्डललाई घटाएर २८ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको हो । मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराएपछि उहाँको सर्वत्र तारिफ भएको छ ।

Facebook Comments