भर्जिनियामा सरकारी कार्यालयमा नै अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको गोली प्रहारका घटना बढिरहेका छन् । पछिल्लो पटक भर्जिनिया राज्यको एक सरकारी कार्यालयमा नै अन्धाधुन्ध गोली प्रहारको घटना घटेको हो । शुक्रबार भएको सो घटनामा कम्तीमा पनि ११ जनाको मृत्यु भएको बताइएको छ ।

घटनामा एक प्रहरीसहित ६ जना घाइते भएका छन् । बिबिसिका अनुसार भर्जिनिया बीच म्युनिसपल सेन्टरमा एक कर्मचारीले आफ्नै कार्यकक्षमा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको हो ।

घटनामा मृत्यु भएका आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । भर्जिनियाका अधिकारीले भने घटनालाई त्रासदीपूर्ण भनी टिप्पणी गरेका छन् । यस बर्ष यस्ता १५० गोली प्रहारका घटना भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

Facebook Comments