गण्डकी प्रदेशमा सोमबार देखि पानीको मुल्य घटने, स्वदेशकै पानी उपयोग गर्न आग्रह

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले जानकारी दिनु भयो ।

अधिकारीले पहिले जारको मुल्य बजारमा ७० रुपैया भएकोमा अव देखि ६० रुपैया र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताउनु भयो ।
विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुदा मुल्य घटाइएको संयोजक प्रेम क्षेत्रीले जानकारी दिनु भएको छ । नेपाल खानेपानी सस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजो आज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ ।
नेपालको पानी गुणस्तरीय भएकोले विदेशबाट पानी आयत गर्न आबश्यक नरहेकोे नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जनाएको छ । हिमालको पानी नेपालबाट विदेश निर्यात गर्न सरकारपनि लागि रहेको सन्दर्भमा स्वदेशकै पानी प्रयोग गर्नुपर्नेमासंघले जोड दिएको छ ।

Facebook Comments