सांसद अधिकारीद्वारा ज्यान जोगाइदिन भन्दै सभामुखको ध्यानाकर्षण

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले ज्यानको सुरक्षा गरि पाउँ भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । उहाँलाई कसैले डर धाक धम्की दिएर नभई संसद भवनमा रहेको कुर्सीका कारणले असुरक्षा भएको हो ।

उहाँले संसदमा रहेका कुर्सीका कारण आफु पटक पटक लडेको भन्दै कुर्सी परिवर्तनका पटक पटक सचिवालयलाई आग्रह गर्दा सुनुवाई नभएको भन्दै संसद बैठकमा नै ज्यान जोगाई पाउ भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका अधिकारीले भन्नुभयो, ’सभामुख महोदय, यहाँ राखिएको कुर्सीबाट म चार पटक लड्न खोजे, लडेको भए म घाइते हुन्थे, त्यस कारण यहाँ रहेका कुर्सीहरु परिवर्तन गरि मेरो ज्यान जोगाइदिनुपर्यो ।’ सांसद अधिकारीले उठाएका बिषयलाई संवोधन गर्न सभामुख कृष्णबहादुर महराले तत्कालै सचिवालयलाई निर्देशन दिनुभएको छ ।

Facebook Comments