बजेटले समृद्धिकाे लक्ष हाँसिल हुन्नः काँग्रेस नेता रिजाल

बजेट माथी टिप्पणी गर्दै काँग्रेसले आधार वर्षपछिको बजेटले इतिहास निर्माणको बाटो समात्न नसकेको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गर्नुभयो ।

चालु खर्च पुरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरण मुखी कार्यक्रम बाड्ने काम भएको सांसद रिजालको तर्क थियो । बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै नेता रिजालले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास संभव नहुने धारणा राख्नुभयो ।

संघीयताको मर्म र भावना विपरित बजेट आएको भन्दै संघीयताको विरुद्धको बाटोमा नजान सरकारलाई सचेत पनि गराउनुभयो । बजेट माथीको छलफलमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ । छलफलमा सत्ता पक्षका सांसदहरुले बजेटको समर्थन गरेका छन् भने प्रतिपक्षका सांसदहरुले भने बिरोध गरेका छन् ।

Facebook Comments