बजेटले नागरिकको जीवनस्तरमा सुधारः सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष ०७६७७का लागि प्रस्तुत गरेको बजेटले जनताको जीवनस्तरमा सुधार ल्याउने बताउनुभएको छ । साथै उहाँले तत्काल सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ ।

प्रेस संगठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा मनत्री बास्कोटाले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने धारणा राख्नुभयो ।

वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उहाँले सामाजिक न्याय सहितको द्रूत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको धारणा राख्नुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उहाँको भनाइ थियो ।

Facebook Comments