नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा मिल्ने प्रचण्डको जिकीर

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा मिल्ने बताउनुभएको छ । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश गराउँदै प्रचण्डले हिंसाले गन्तब्यमा नपुगिने धारणा राख्नुभयो । अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन प्रचण्डको आग्रह थियो ।

अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको धारणा राख्नुभयो । चन्द समूहमा राई सरकारसँग वार्ता गर्नुपर्छ भन्ने भनाइमा रहेका कारण चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो ।

Facebook Comments