रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा, वाइडबडी प्रकरणमा रविन्द्र निर्दोषः प्रधानमन्त्री ओली

स्वर्गिय रविन्द्र अधिकारीको नाममा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको पोखरामा औपचारिक घोषणा गरिएको छ। समितिको अध्यक्षमा स्वर्गीय रविन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराई उपाध्यक्षमा नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापा, महासचिवमा धनराज आर्चाय रहनुभएको छ ।

समितिको २५ सदस्य कार्यसमितिको घोषणा र ३५ सदस्यीय सल्लाहकार समिति घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीति भन्दा माथि राखेर काम गर्न आग्रह गर्नुभयो । उहाँले वाइडबडी काण्डमा स्व. पर्यटन मन्त्रीको कुनै सम्लग्नता नरहेको समेत बताउनुभयो । उहाँले केहि भुईफुट्टा व्यक्ति र संस्थाले आरोप लगाउँदैमा उहाँ दोषी नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अधिकारी विकास प्रेमी, इमान्दार र कास्कीले गर्व गर्ने नेताको रुपमा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अधिकारीको प्रतिष्ठानलाई सरकारले १ करोड रुपैयाँ दिएर सहयोग गर्ने घोषणा गर्नुभयो । काँर्यक्रममा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश तथा केन्द्रका सांसदहरुको सहभागिता रहेको थियो ।

रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गरेको जानकारी दिनुभयो । उहाँले राज्यलाई अनुसन्धानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने जानकारी दिनुभयो ।

Facebook Comments