पत्रकार श्रेष्ठ सम्मानित

पत्रकार सन्देश श्रेष्ठ पोखरामा सम्मानित हुनुभएको छ । विश्व दुग्ध दिवसको अवसरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले श्रेष्ठलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको हो । गण्डकी प्रदेश भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले श्रेष्ठलाई ११ हजार १ सय ११ नगदसहित सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।

उक्तअवसरमा समाजले कृषकहरु जीवनकुमार अधिकारी, ओमप्रकाश अधिकारी, शोभाखर भण्डारी र कृषि प्राविधिक शेरबहादुर मगरलाई समेत सम्मान गरेको छ । उनीहरुलाई सचिव दवाडीले ११ हजार, १ सय ११ रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।

कार्र्यक्रममा बोल्दै सचिव दवाडीले गण्डकी प्रदेश दुग्ध उत्पादनका लागि आत्मनिर्भर प्रदेश रहेको उल्लेख गर्नुभयो । यस प्रदेशले अन्य प्रदेशमा समेत दुग्धजन्य पदार्थहरु निर्यात गर्न सक्षम रहेको उहाँको भनाई थियो ।

प्रदेश सरकारले उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिनुपर्नेमा सचिव दवाडीले जोड दिनुभयो । पशुपंंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक डा.मनबहादुर पुनले दुग्ध उत्पादनका लागि कृषकहरुले प्रविधिमा आधारित कृषि व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । पशु तालिम केन्द्रका डा गृष्म न्यौपानेले आयातित दुग्ध उत्पादक किसानहरुले समानुपातिक हिसावले मुनाफा पाउनुपर्नेमा जोड दिनुभयो ।


पशुपंक्षी प्रजनन केन्द्र कार्यलयका कृष्णप्रसाद न्यौपानेले कृषिको कूल ग्राहस्थ उत्पादनमा दुधले १० प्रतिशत ओगटेको जानकारी दिनुभयो । दुग्ध व्यवसायी संघ कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेलले गण्डकी प्रदेशभित्र वार्षिक १ लाख ७४ हजार र मासिक रुपमा १५ हजार मेट्रिक टन दुध उत्पादन हुने बताउनुभयो ।

Facebook Comments