रुपामा रिङरोड बन्दै, मन्त्री बस्नेतद्वारा शिलान्यास

कास्कीको रुपा गाउँपालिकामा रिङरोड मोटरबाटोको शिलन्यास भएको छ । गण्डकी प्रदेशका भौतीक पुर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच आज आइतबार मोटरबाटोको शिलन्यास गर्नुभएको हो ।

आज शिलन्यास भएको मोटरबाटो २०७८ बैशाख सम्म निर्माण सम्पन्न हुने बताइएको छ । मन्त्री बस्नेतले संघियता आएसंगै गाउँ गाउँमा विकास पनि आएको बताउनु भयो । उहाँले निर्धारित समयमै निर्माण सम्पन्न गर्नको लागि स्थानीयले पनि चासो राख्न आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेशका सोही क्षेत्रका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले प्रदेशको एक निर्बाचन क्षेत्र एक नमुना सडक अन्तरगर्त आफुले रुपाको रिङरोडको योजनामा बजेट राखेको बताउनु भयो ।


१९ करोड ७१ लाखको लागतमा १० किलो मिटर बाटो पिच हुने सडकमा गुणस्तरीयताको अनुगमन पनि गरीने भन्दै कोइरालाले निर्धारित सयममै काम सक्न निर्माणको ठेक्का पाएको ओएसिस इन्जिनियरिङ लाई निर्देशन दिनु भयो । विकास गाउँ आउने मान्छे सहर झर्ने हुन नहुने कोइरालाको भनाई थियो ।

सांसद सावत्री गुरुङ कुशुमले बाटो निर्माण संगै विकासको लहरपनि आउने बताउनु भयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले गाउँको उत्पादन बजार आउने बातावरण बनाउनु पर्ने भन्दै बाटो मात्रै नभएर उत्पदानमा पनि बृद्धि गर्नुमा जोड दिनुभयो ।

रुपा गाउँपालिका अध्यक्ष नबराज ओझाले आफु अध्यक्ष हुदा एक मिटर कालोपत्रे नभएको रुपामा धैरै बाटो पिच भएको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुडले जनताले चाहेको विकास रुपामा भएको बताउनु भयो ।

गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयका इन्जिनियर सुमन गिरीले बाटो गुणस्तरीय पिच हुने बताउनु भयो । २९ करोडको अनुमानीत लागतमा ठेकेदार कम्पनीले १९ करोड ७१ लाखमा ठेक्का लिएको बताउनु भयो ।

Facebook Comments