‘इन्जोय जोन’ का लागि मुख्यमन्त्रीले देख्नु भएका पोखराका पाँच ठाउँ

सोमबार गण्डकी प्रदेशको संसदमा आइतबार संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली रोस्टममा पुग्नु भयो । नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर गरेकोबारे सरकारको जवाफ माग्नु भयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षको जवाफ सहित बैठकलाई सम्बोधन गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले ‘इन्जोय जोनबारे हामी कहाँ छौँ । इन्जोय जोन भन्ने बित्तिकै नकरात्मक पाटोबाट हेर्छौं । के फनपार्क इन्जोय जोन होइन ? आइटी पार्क इन्जोय जोन होइन ? के विशेष खालको रेस्टुरेण्ट इन्जोय जोन होइन ?’ उहाँले यसलाई इन्जोय जोन वा इन्टरटेनमेन्ट जोन जे भने पनि भन्न आग्रह गर्नुभयो
विदेशमा छुट्टै व्यवस्था गरिएको बताउँदै उहाँले गण्डकी सरकार पनि इन्जोय जोन बनाउने पक्षमा रहेको उल्लेख गर्नुभयो । मूख्यमन्त्री गुरुङले इन्जोय जोनका लागि पोखराकै पाँच ठाउँ उपयुक्त हुने बताउनु भयो ।
‘हल्लनचोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुबिन्डेदेखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनाससम्मका ठाउँ अध्ययन गरी निजीक्षेत्रका लगानीकर्तालाई पर्यटन पूर्वाधार बनाउने वातावरण बनाउने,’ उनले भने, ‘यसभित्र एउटै रेस्टुरेण्टमा फरक खानाको स्वाद लिने, लाइब्रेरी, म्यूजिक कल्चरल, चिल्डे«नपार्क, जिम हल, जल क्रियाकलाप, एडभेन्चर स्पोस्र्ट, मेडिटेसन सेन्टर, योगा सेन्टर, फनपार्क, आइटीपार्क, गुफा, पर्यटक सूचना केन्द्र आदी एउटै ठाउँमा पाइने ठाउँ चाहिन्छ भनेका हौँ ।’उहाँले इन्जोय जोनलाई उपयुक्त अरु नाम भन्न पनि मिल्ने तर्क गर्नुभयोे । ‘टुरिस्टहरुले इन्जोय गर्ने इन्जोय पार्क भन्न पनि मिल्यो, रिफ्रेस सेन्टर भन्न पनि मिल्यो, पर्यटकीय केन्द्र भन्न पनि मिल्यो । के भन्दा उपयुक्त हुन्छ नाम त्यही भन्ने हो,’ उहाँले भन्नुभयोे । कानुनले निषेध गरेका गतिविधि हुँदैन मुख्यमन्त्री गुरुङले इन्जोय जोन भन्नेबित्तिकै यौन व्यवसाय, गाँजा चरेश खाने अखडा भनेर नबुझ्न पनि आग्रह गर्नुभयो ।

Facebook Comments