महिला अधिकार सम्बन्धि अभिमुखिकरण

नेपालमा लैगिंक बिभेद र महिला अधिकार सम्बन्धि अभिमुखिकरण तालीम पोखरामा सम्पन्न भएको छ ।
महिला समाज सेवा समिती चिप्लेढुङ्गाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाले तालीम सम्पन्न गरेपछि महिलाहरुमा आत्मबल र नेतृत्बको बिकास हुनुका साथै कानुनी अधिकारका बारेमा आफुलाई सक्षम बनाउनेछन् भन्ने बिश्बास ब्यक्त गरे ।यस्ता कार्यक्रमका लागी सहयोगी भुमिका निर्माण गर्न आफु तयार रहेको उहाँले बताउनु भयो ।वडा नं ४ का महिला सदस्य सरिता पराजुलीले ऐन कानुनका वारेमा सवैले जानकारी रख्नुपर्ने वताइन । संस्थाका सदस्य सुवर्ण केसीले तालिम कार्यक्रमले लैंगिक विभेदवारे महिला लाइ जानकारी हुने वताए ।संस्थाका सल्लाहकार देवि प्रसाद पराजुलिले तालिम .मा सीकेका कुरालाइ व्यवहारमा उतार्न सवैलाइ सल्लाह दिनुभयो ।

संस्थाका अध्यक्ष रमा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नर्मदा पराजुलिले स्वागत तथा सचिव सविता पराजुलीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
पोखरा महानगरपलिका वडा नं ४ को आर्थिक सहयोगमा सञ्चालित ५ दिने प्रशिक्षणमा शान्ति भुषाल,गिता रेग्मी,शारदा पराजुली,वसन्त पराजुली सहजीकरण गर्नुभएको थियो कार्यक्रममा समुहका ४५ जनाको सहभाागिता रहेको थियो ।

Facebook Comments