महाभूकम्पको आतङक फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

सामाजिक सञ्जालमा यहि जेठ २८ गते नेपालमा महाभुकम्प आउछ भन्दै सर्वसाधारणलाई आतङकित पार्देआएका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

क्षेत्रीलाई आज महानगरीय प्रहरी परिस काठमाडौले उनलाई नियन्त्रणमा लिएको हो । उनले दाङ, नेपालगज लगायतको क्षेत्र केन्दविन्दु्र भएर यहि जेठ २८ गते भूकम्प जान्छ भनेर सर्वसाधारणलाई आतङकित बनाउदै आएका थिए ।उनलाई गौशालाबाट आज पक्राउ गरेर कार्वाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । भूकम्प कुन बेला जान्छ भनेर अहिले सम्म कुनैपनि विज्ञानले समेत पत्ता नलगाएको विषयमा उनले दावी गर्दे भूकम्प यहि दिनमा जान्छ भन्दै ठोकुवा समेत गर्दे आएका थिए ।

Facebook Comments