२४ गते हुने चौथो पोखरा स्पोर्टस अवार्डको तयारी पुरा

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गर्ने टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्डको तयारी पुरा भएको छ ।
जेठ २४ गते शुक्रबार पोखरामा हुने उक्त अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको पोखरामा आज पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो ।
यसबर्षको अवार्डमा लाईफटाईम अचिभमेन्ट बक्सिङ खेलाडी चित्र बहादुर गुरुङलाई प्रदान गरिने भएको छ । वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) छन् ।


वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) तथा उत्कृष्ट प्रशिक्षकमा दीपकगोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका हुन उनिहरुलाई आज मनोनय पत्र प्रदान गरिएको छ । यसपालि थप वर्ष चर्चित खेलाडी विधातर्फ एसएमएस आधारमा वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधामा मनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिने महाससचिव वियज नेपालले जानकारी दिए ।
यस वर्षको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ २५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संघ अवार्ड तर्फ १५ हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिने छ । यूतै उत्कृष्ट पत्रकारिता अवार्ड तर्फ २० हजार रहेको छ । अवार्ड ८ विधामा प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिएकाछन् । । कार्यक्रम पोखरा सभागृह हलमा दिनको २ बजे शुरु हुने बताइएको छ ।

Facebook Comments