एसईईको उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई ) परीक्षाको नतिजा असारको दोस्रो हप्ता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार असारको पहिलो हप्तासम्म सबै काम सकेपछि दोस्रो हप्ता नतिजा सार्वजनिक गरिने भएको हो ।अहिले उत्तरपुस्तिका इन्ट्रीको काम भइरहेको नियन्त्रक अधिकारीले भन्नुभयो, ‘केही उत्तरपुस्तिका परीक्षणको चरणमा पनि छ त्यो सकिएपछि असारको दोस्रो हप्तासम्म नतिजा प्रकाशनको तयारीमा छौँ ।’अझै ८ देखि १० केन्द्रको उत्तर पुस्तिका परीक्षणको चरणमा छन् । चैत १० गतेदेखि शुरु भएको एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए । जस्मध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका थिए ।

Facebook Comments