फेवातालको मापदण्डभिर रहेका व्यक्तिका जग्गाको क्षतिपुर्ति देउः काँग्रेस

पोखराको फेवाताल संरक्षणका सम्वन्धमा पोखरा महानगर पालिकाले मिति २०७६ जेष्ठ ९ गते स्थानीय पत्रपत्रिकामा प्रकाशित गरेको १५ दिने सूचना प्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिको जमिन र त्यसभित्र वनेका संरचनाका सन्दर्भमा क्षतिपूर्ति विना १५ दिनभित्र भत्काउन भनी सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन भएको महसुस भएको छ ।

सरकारी नियमले कुनैपनी योजना ल्याउँदा व्यत्ति विशेषको जमिन आवश्यक भएमा उक्त जमिनको प्रचलित मूल्य अनुसार क्षतिपूर्तिको व्यवस्था सहित अधिकरण गरी मुआव्जा दिई जमिन राज्यले लिनुपर्ने कानूनी प्रावधान रहेको काँग्रेसको ठहर छ ।

कानुनको ठाडो उल्लंघन गरी तालको सीमाना समेत नतोकिकन विना योजना व्यक्ति विशेषको लालपूर्जाभित्रको जमिन र त्यहाँ वनेको संरचनाको कानून वमोजिम क्षतिपूर्तिको व्यवस्था गरेर मात्र मापदण्ड कार्यान्वयनको योजना अगाडी वढाउन सम्वन्धित पक्षसंग नेपाली काँग्रेस कास्की जोडदार माग गरेको छ ।

Facebook Comments