निर्माण भइरहेको पोखरा विमानस्थलामा विमान अवतरण र उडानका लागि २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि कठिनाइ हुने भएको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँका कारण कठिनाई हुने भएको छ ।

विमानको जहाज अवतरण र उडानका लागि उक्त डाँडा करिब २५ मिटर काट्नुपर्ने भएको छ । डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीको भनाई थियो । उहाँका अनुसार डाडाँ काट्न जग्गा धनि तयार भएको र आफैंले काट्ने तयारी गरेको बताइएको छ । यद्यपि केही जग्गा धनीहरुले भने डाँडा काट्न तयार नभएको बताइन्छ ।

त्यहाँ रहेको ३ सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी मात्र व्यक्तिका नाममा रहेको छ । उक्त डाँडा काटनका लागि १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Facebook Comments