राजसंस्था र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलन गर्नु पर्दछ – नेता थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक मुलधारमा पूर्वराजा र विप्लव समूह अटाउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएके छ । पोखरामा मिडिया नेपाल कास्कीले आयोजना गरेका कार्यक्रममा थापाले देशमा स्थायित्व, मुलुकको समृद्धी हासी गर्न राजसंस्था देखी विप्लव माओवादी अटाउने गरी नेपाली परिबेश अनुसारको सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने थापाको भनाई छ ।

मुस्ताङको मुक्तिनाथदेखि सुरु गरिने राप्रपाको दोस्रो राष्ट्रिय स्वाभिमान यात्राको पूर्व सन्ध्यामा पोखरामा भएको कार्यक्रम थापाले यसअघि जस्तै गोलमेच सम्मेलनको प्रसंग निकाल्नुभएको हो ।

उहाँले नयाँ संविधान निर्माण सँगै शान्ति र राजनीतिक स्थीरता आउनु पर्ने भए पनि त्यस्तो हुन नसकेको भन्दै गोलमेच सम्मेलनको माग गर्नुभयो । देशको पछिल्लो १२ बर्षे राजनीतिक अवस्था हेर्दा पनि स्थाई रुपमा राजनीतिक अवस्था अगाडि वढ्न सकेन् निशेधको राजनीतिक अगाडि वढिरहेको थापाले जिकीर गर्नुभयो ।

संविधान निर्माण पछिको दुई वर्षले पनि त्यस्तै देखायो, यो सबै कारण संविधान विरोधाभाषले गर्दा भएको थापाको ठहर रहेको छ । सत्ता पक्ष र विपक्षी मिलेर नै संस्थागत भ्रष्टाचार भइरहेको थापाले आरोप लगाउनुभयो । राजनीतिक सहमतिामा अरबौ रुपैयाँको भ्रष्टाचार भएको भन्दै उहाँले वाइडबडी खरिद, एनसेलको कर छली, सुन तस्करी, सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा नेकपा र नेपाली काँग्रेसका शीर्ष नेताको मिलेमतो रहेको आरोप लगाउनुभयो ।

देशमा यतिवेला ६ वटा चुनौति गरिबी, भ्रष्टाचार, धर्म परिवर्तन, राष्ट्रिय विखण्डनको खतरा, सर्वसत्तावादको खतरा, शान्ति स्थापना रहेको थापाले उल्लेख गर्नुभयो । सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६÷०७७ को बजेटका राम्रा भन्दा नराम्रा पक्ष वढी रहेको थापाको टिप्पणी छ ।

Facebook Comments