व्यवहारिक एवं व्यावसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्यवहारिक एवं व्यवसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी विच अन्तरक्रिया कार्यक्रम शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएकाे छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीकोे अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा पोखरा विश्वविद्यालय कर्पोरेट रिलेसनसिप एण्ड प्लेसमेन्ट सेल का संयोजक श्री रविन्द्र प्रसाद बरालले व्यवहारिक एवं व्यवसायिक उच्च शिक्षामा विश्वविद्यालय र उद्योगी व्यवसायीको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


लेखनाथका उद्योगी व्यवसायी र पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थीहरु विच व्यवहारिक एवं व्यवसायीक शिक्षा सम्वन्धि बृहत अन्तरक्रिया भएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपप्रध्यायपक योगराज लामिछानेले स्वागत मन्तव्य सहित अन्तरक्रिया कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।


उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बराल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, मनकामना प्लाईउड कम्पनीका संचालक नारायण प्रसाद बास्तोलाले विश्वविद्यालयले विद्यार्थीलाई उद्यमी बन्नका लागि प्रेरित गर्न र विद्यार्थी स्वयंमा दृढ इच्छाशक्तिले मात्र उद्यमी बन्न सकिनेमा जोड दिनुभएको थियो ।

त्यसै गरि पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका निर्देशक डा. रविन्द्र घिमिरेले विद्यार्थीलाईे व्यवहारिक तथा व्यवसायिक ज्ञान प्रदान गर्न उद्योग वाणिज्य संघले पुलको काम गर्नुपर्ने बताउनुभएको थियो ।

एम.वि.ए कार्यक्रम संयोजक घनश्याम तिवारी, संघका पदाधिकारी, उद्योगी , व्यवसायी, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम संघका महासचिव भरतकुमार अधिकारीले संचालन गर्नुभएको थियो ।
समाप्त

Facebook Comments