सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवा मानुसी खण्डकाव्य विमाेचन

सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवाताल परिवेशलाई विश्लेषण गरेर लेखेको खण्डकाव्य फेवा मानुसी खण्डकाव्य एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक भएको छ । रिडर्स कर्नर न्युरोड पोखरामा आयोजना गरिएको कार्यक्रम दिपशिखा साहित्य सङगमको ब्यानरमा आयोजना गरिएको थियो । 
गण्डकी प्रदेशका संसद राजिब पाहारी प्रमुख अतिथी रहेको कार्यक्रममा शिक्षासेवी भिम सुवेदीले लेखक त्रिपाठीको ब्यक्तित्व परिचय गराउनुभएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै पहारीले त्रिपाठीको कब्याले फेवातालका सम्पुर्ण सरोकारवालालाई झक्झकाएको धारणा व्यक्त गर्नुभयाे ।

उहाँले ताल जोगाउन लेकसाइडलाई मात्रै फेलाताल मान्ने अवधारणा परिवर्तन गरि बृहत फेवातालको अवधारणामा जानुपर्ने बताउनुभयाे । काब्यकार त्रिपाठीले आफुले बाल्यकालमा देखेको फेवाताल बलतकृत भएको फेवा सिरमा टुलुटुलु हेरेर बस्न नसकेर आफुले कलम चलाएको धारणा व्यक्त गर्नुभयाे ।

Facebook Comments