सरकार भ्रष्टाचारमा लिप्तः महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्र चलेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रमका अवसरमा कास्कीमा उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली काँग्रेस कास्कीले आयोजना गरेको ¥याली तथा सभामा बोल्दै सवैठाउँमा पार्टीकरण गरी सरकार मनपरी तन्त्रले चलेको बताउनुभयो । सरकारमा रहेका मन्त्रीहरुले नै भ्रष्टाचार गरिरहेको उहाँको भनाई छ ।

वर्तमान सरकार संस्थागत भष्ट्राचारको वाटो अगालेको बताउँदै उनले यो सरकारले लाखमा होइन अरवमा भष्ट्राचार गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले प्रेसमाथि आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको जिकीर गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि अर्जुनप्रसाद जोशीले जागरण अभियानले नयाँ सन्देश दिएको बताउनुभयो । पूर्व सांसाद कृष्ण कुमारी परियारले वर्तमान सरकार भष्ट्राचारमा डुवेको बताउँदै यसको भण्डाफोर काँग्रेसले गर्नुपर्ने बताउनुभयो ।

पोखराको पृथ्वीचोकबाट शुरु भएको ¥याली नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढुा विपी चोकमा पुगेर सभामा परिणत भएको थियो । वैशाख २५ गते बाट शुरु भएको पहिलो चरणको अभियान देशका ७७ वटै जिल्लामा एक महिना चलेको थियो । शनिबार देशभरनै विविध कार्यक्रमको आयोजना गरेर प्रथम चरणको जागरण अभियान कार्यक्रम समापन गरिएको छ ।

र्यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्था क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदिपमोहन भट्टराईले गर्नुभएको थियो ।

Facebook Comments