पोखरालाई सुन्दर बनाउन ढाँड आमा समुहले फुल रोप्ने

पोखरालाई सुन्दर बनाउन यतिबेला आमाहरु जुटेका छन् । सरसफाई अभियानमा होस् या अन्य कुनै सामाजिक कार्यमा पोखरामा आमाहरुको बाक्लो उपस्थिति रहदै आएको छ ।

यसैवीच पोखराको वडानं ७मा रहेको ढाँड आमा समुहले पोखराको मुस्ताङचोक देखि लोकसेवा कार्यलय अगाडि सम्म रहेको डिभाईडरमा शनिबार सरसफाई गरेको आमा समूहका सचिव भिमा पौडेलले जानकारी दिनुभयो ।

केही दिन पछि सो क्षेत्रमा फुलरोप्ने तयारी स्वरुप शनिबार सरसफाई गरिएको आमा समुहका अध्यक्ष हरिदेवी कार्कीले बताउनुभयो । कार्यक्रम मितेरी टोल विकास सस्था र ढाँड आमा समुहको संयुक्त कार्यक्रम रहेको बताइएको छ ।

Facebook Comments