गल्ती गर्नेलाई पार्टी कार्यकर्ता भनेर ढाकछोप हुदैन काग्रेस नेता डा.महत


नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काग्रेसकै नेता कार्यकर्ता भएपनि गल्ती गर्नेलाई पार्टीबाट ढाकछोप नहुने बताउनु भएको छ । प्रेस युनिय कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलन बोल्दै नेता महतले काग्रेस कानुनी राज्यकोपक्षमा रहेको भन्दै गल्ती गर्नेलाई कार्वाही गर्नुपर्नेमा जोड दिनु भयो ।

तरुणदल धादिङका उपाध्यक्ष रहेका राधेश्याम भण्डारीलाई गुण्डागर्दी गरेको आरोपमा प्रहरीले पक्राउ गरे पछि तरुणदलले भण्डारीलाई नछाडे कागे्रसले आन्दोलन गर्ने बताइरहदा डाक्टर महतले भने काग्रेस कानुनी राज्यको पक्षमा रहेको भन्दै गल्तीगर्नेलाई कडा कार्वाही गर्न माग गर्नुभएको छ ।
डाक्टर महतले अब पार्टीका भातृसंगठनको अधिवेशन ठिक समयमा हुने बताउनु भयो । समय अबधी पुगेपछि स्वत कार्यसमिति भंग हुने भएपछि अब लामो समय अधिवेशन नहुने रोग समाप्त हुने दावी गर्नु भयो । नेता महत अहिले पनि नेपाली काग्रेसको मत नघटेको बरु कम्युनिष्ट पार्टीहरु मिलेकोले उनिहरुले चुनाव जितेको बताउनु भयो । काग्रेसको महाधिवेशन तोकीएकै मितिमा हुने महतको दावी छ ।

Facebook Comments