पोखरामा १९ मा अर्गानिक कृषिका साथै स्थानीय उत्पादनका हाटबजार संचालन गरिने

पोखरा महानगरपालिका वडा न १९ ले किसानको मागलाई मध्यनजर गर्दै आफ्नो वडा र १६ नं वडाका बासिन्दा द्वारा उत्पादित अर्गा्निक तरकारी र वडा बाट प्रदान गरिएका तालिमबाट सिकेका सीप प्रयोग गरि निर्माण गरिएका सामाग्री बिक्रीवितरण गर्नका निम्ति हाटबजार सन्चालन गर्ने भएको छ ।

पुरुन्चौर, लामाचौर र अर्मलामा अर्गानिक तरकारी खेती हुँदै आएको छ । सोमबार बिहान वडा १६ र १९ का अध्यक्ष , सदस्य ,राजनैतिक पार्टी प्रतिनिधि , स्थानीय संघ संस्था, क्लब र उपभोक्त हरुको बृहत भेलामा श्रावण पहिलो हप्ताबाट अर्गानिक हाटबजार संचालन गर्ने निर्णय भएको हो ।

हाट बजार सञ्चालनका लागि गठित प्रचारप्रसार समितिका संयोजक शेखर गौतमका अनुसार अर्गानिक उत्पादन मात्र बिक्रीवितरण गर्ने र हाट बजारलाई ब्यबस्थित गरेर पोखरा बजारलाई पनि आफ्नै उत्पादनको स्वाद चखाउनु पर्ने बिषयमा छलफल भएको थियो ।

अहिले बजारमा हाइब्रिड र रासायनिक मल प्रयोगबाट उत्पादित बस्तु सेवनले नागरिकको स्वास्थ्यमा समस्या देखिएको भनदै अर्गानिक कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । वडा अध्यक्ष शोभामोहन पौडेलले हालको निम्ति ठुलिपोखरी स्थान छनोट गरि आजैदेखि हाटबजारको निर्माण कार्य थालनी गरिएको र किसानलाई तरकारी उत्पादनमा लाग्न प्रचारप्रसार गरिएको छ ।

वडा न १६ का सदस्य मेयरमान थापाको अध्यक्षतामा भएको भेलामा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । सोही भेलामा हाटबजार संचालन गर्नको निम्ति अहिलेलाई तीन लाख रुपिया रकम छुट्टाएको जानकारी दिइयो र यो बजारबाट करिब तीन हजार घरधुरी लाभान्वित हुने संयोजक शेखर गौतमले जानकारी दिनुभयो ।

Facebook Comments