ढाँड आमा समुहद्वारा फुल रोपेर सडक किनारको सौन्दर्य बढाउँदै

पोखरालाई सुन्दर बनाउन पोखराको वडानं ७ मा रहेको ढाँड आमा समुह सक्रिय बनेको छ । यसैविच पोखराको मुस्ताङचोक देखि लोकसेवा कार्यलय अगाडि सम्म रहेको डिभाईडरमा सोमबार सदाबहार फुल रोपेको आमा समूहका सचिव भिमा पौडेलले जानकारी दिनुभयो ।

गत शनिबार सरसफाई गरेको डिभाइडरमा आज वडानं ७ का वडा अध्यक्षको प्रमुख आतिथ्यथामा फुल रोपीएको हो । पोखरालाई हरियाली र फुलैफुलको शुन्दर शहर बनाउन आफुहरुले सानो प्रयास गरेको आमा समुहका अध्यक्ष हरिदेवी कार्कीले बताउनुभयो । कार्यक्रम मितेरी टोल विकास सस्था र ढाँड आमा समुहको संयुक्त कार्यक्रम रहेको बताइएको छ ।

Facebook Comments