प्रस्तावित सपुर्दगी कानुनको विरोधमा हङ्कङमा विशाल प्रदर्शन

हङ्कङमा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप भएको समाचार छ । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो ।
उक्त प्रदर्शनमा लाखौं नागरिक सहभागी भएको बिबिसीले उल्लेख गरेको छ । प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निशाना बनाउन सहयोग र्पुयाउने आशंका रहेको छ ।

चिनियाँ सञ्चारमाध्यममा हङ्कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको भन्ने आशयका समाचार आएका छन् । चिनीयाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिहरूले चीनलाई ‘चोट र्पुयाउन’ हङ्कङमा विध्वंश निम्त्याउन खोजेको उल्लेख गरेका छन् ।

सेतो पोसाकमा देखिएका सहभागीहरूले चर्को गर्मीमा पनि आइतवार कैयौँ घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनमा ठूलो सङ्ख्यामा व्यवसायीका साथै कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधर व्यक्तिहरू सहभागी प्रदर्शन मुख्य रूपमा शान्तिपूर्ण थियो । प्रदर्शनकारीहरूले विरोर्ध यालीमा १० लाख मानिस सहभागी भएको बताएपनि प्रहरीले बढीमा दुई लाख ४० हजार मात्र सहभागी रहेको बताएको छ ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments