कानुन विपरीत बल प्रयोग गरे कानुनी कार्वाहीः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले गुठी बिधेयकको बिरोधमा आन्दोलन गर्नेहरुले कानुन विपरित सार्वजनिक बाटो अबरोध गर्न थालेकाले उनीहरुलाइ बाध्य भएर सामान्य बल प्रयोग गरि हटाउनुपरेको बताउनुभएको छ ।

प्रर्दशनकारीले बाटोमा नै सुतेर कानुन बिपरित सार्वजनिक सडक अबरोध गरेको तथा प्रहरी र सार्वजनिक सम्पतिमाथी नै इट्टा र ढुङ्गा प्रहार गरेकाले भौतिक तथा मानविय क्षति हुन नदिन प्रहरीले कानुन बमोजिम बल प्रयोगको सिद्धान्त प्रयोग गरेको जवाफ दिनुभयो ।

पानीको फोहारा प्रयोग गर्दा पनि भिड तितर, वितर नभएपछि ४ जनालाइ प्रक्राउ गरिएको र यस क्रममा केही प्रर्दशनकारी घाइते भएको पनि गृहमन्त्री थापाले स्वीकार गर्नुभयो । शान्ती सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि प्रचलित कानुन अनुसार नै यो घटना भएको पनि गृहमन्त्री थापाले बताउनुभयो । प्रर्दशनकारी र प्रहरी जसबाट भएपनि कानुन विपरित अभद्र व्यवहार भए दण्डनिय हुने भन्दै उहाँले कानुनविपरित बल प्रयोग भए, नभएबारे थप छानबिन गरि आवश्यक कानुनी कारबाही गरिने जानकारी गराउनुभयो ।

घटनामा प्रहरी र प्रर्दशनकारी घाइते भएको प्रति दुःख व्यक्त गर्नुभयो । राष्ट्रियसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका थिए । काँग्रेस सांसद बद्रीप्रसाद पाण्डेले हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्सर्ना गरे । विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गर्नुभएको थियो ।

Facebook Comments