पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि नगरपालिकाले भने काम गर्ने दिन घटाएर रोजगारी दिन लागेको हो ।

३ सय ९७ जनालाई १० दिनका लागि रोजगारी दिन लागिएको नगरपालिकाका रोजगार संयोजक बिबेक कुमार पण्डितले जानकारी दिनुभयो । समय अभावका कारण देखाउंदै नगरपालिकाले ३० दिनको समय घटाएर १० दिन कायम गरि बेरोजगारको संख्या थपिएको नगरपालिकाले जनाएको छ । सबै वडा कार्यालयलाई आगामी शुक्रबारसम्म योजना छनौट गरि पठाउन निर्देशन दिएकोले अर्को हप्ताबाट बेरोजगारलाई रोजगारी दिन शुरु गरिने पण्डितको भनाई छ ।

नगरपालिका भित्रका २३ सय ३३ जना बेरोजगारले रोजगारीका लागि रोजगार सेवा केन्द्रमा मार्फत आबेदन दिएका थिए ।

Facebook Comments