नारायणगढ बजार शनिबार कि सोमबार बन्द गर्ने भन्नेमा विवाद

यसअघि हरेक सोमबार बन्द हुने गरेको नारायणगढ बजार अबदेखि शनिबार गर्ने कि सोमबार भन्नेमा विवाद देखिउको छ । हप्ताको एक दिन गरिने बजार बन्दबारे नारायणगढ क्षेत्रका व्यवसायीबीच विवाद बढेको हो । जसका कारण व्यवसायी र उपभोक्ता दुबै अन्यौलमा परेका छन् ।

केही व्यवसायी शनिबार बजार बन्द गर्ने पक्षमा छन् भने केही यसअघि झै सोमबारकै पक्षमा देखिएका छन् । यसअघि सोमबार नारायणगढ क्षेत्रका व्यवसाय बन्द हुँदै आएकोमा वैशाखबाट भने शनिबार र सोमबार दुई दिन नै बजार बन्द हुन थालेको छ । यसबारे उद्योग वाणिज्य संघ चितवन भने अनिर्णित भनेको छ ।

भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न ३० वटा वस्तुगत संघ मध्ये अधिकांश शनिबार बजार बन्द गर्नुपर्ने पक्षमा देखिएका छन् । पाँच वटा संघले मात्र सोमबारकै बन्द गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले सहमतिका साथ आवश्यक निर्णय लिने बताउनुभयो ।

Facebook Comments