स्याङजामा मन्त्री सहितको गाडी खोलामा पल्टीयो ,धन्न ठुलो दुर्घटना भएन

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ चडेको गाडी स्याङजाको दरौ खोलामा चिप्लीएर डुवेको छ ।
स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका स्थित सहरे खोलामा निर्माण हुन लागेको मोटरेबल पुलको शिलन्यासन गर्न स्याङ्जा आउनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सवार गाडी दरौ खोलामा डुवेको हो ।

पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडीभासिएको हो । बा २ झ ४०२९ नम्बरको गाडी पल्टिएपश्चात नेकपा नेता तथा सुरक्षाकर्मीले मन्त्री महासेठलाई गाडीबाट निकालेका थिए । मन्त्रीसंगै रहनु भएका नेकपा स्याङजाका युवा नेता शैलेन्द्र घिमिरेले गाडीको टायर सानो रहेको र खोलाको ढुङगामा टायर चिप्लिएर गाडीको एक भाग डुवेको बताउनु भयो । धन्न गाडी नपल्टेकोले ठुलो दुर्घटना बाट जोगिएको उहाँको भनाई थियो । मन्त्री महासेठसंगै रहेका नेता कार्यकर्तापनि पानीले निथु्रक भएका थिए ।


गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहुन भएको थियो । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको थियो ।

Facebook Comments