कानुनविपरीत सुरक्षाकर्मीले बलप्रयोग गरेको भए कार्वाही हुन्छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै माइतीघर मण्डलामा सार्वजनिक आवागमनमा अवरोध पुर्याएका कारण प्रहरीले पानीको फोहोराद्वारा प्रदर्शनकारीलाई तितरवितर पारेको बताउनुभएको छ । प्रदर्शनकारीबाट ढुंगा र इट्टा प्रहार भएपछि प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि सामान्य बलप्रयोग गरेको गृहमन्त्रीको जवाफ छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइ साँझ रिहा गरेको बताउनुभयो । नागरिकको शान्तिपूर्ण विरोध या समर्थन गर्ने अधिकारलाई सम्मान गर्ने थापाले संसंद बैठकमा उल्लेख गर्नुभयो । प्रदर्शन शान्तिपूर्ण नरहेको, सार्वजनिक यातायातलाई सूचारु गर्ने कार्य राज्यको दायित्व भएकाले सामान्य बल प्रयोग भएको थापाले जिकीर गर्नुभएको छ ।

शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक यातायात सूचारु गर्ने क्रममा सामान्य बल प्रयोग भएको उहाँको भनाई छ । राज्य वा प्रदर्शनकारी जो कसैले कानुनविपरीत बलप्रयोग गरेका भए आवश्यक छानविन पछि कार्वाही हुने पनि गृहमन्त्री थापाले प्रष्ट पार्नुभएको छ ।

Facebook Comments