राज्यले शान्तिपूर्ण प्रदर्शनमाथि निर्मम दमन गरेको सांसदको दावी

नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँडले जेठ २६ गते गुठीयारहरुले शान्तिपूर्ण प्रदर्शन गरेको बताउनुभएको छ । गिरफ्तार भइसकेपछि पनि पक्राउ परेकालाई बल प्रयोग गर्ने कार्यको राज्यले नैतिक जिम्मेवारी लिन माग गर्नुभयो ।

काँग्रेस सांसद पुष्पा भुषालले सडक विस्तार अन्य आन्दोलन संगै रहेको नेवा आन्दोलनलाई अरु संघ संस्थाका आन्दोलन सँगै जोडेर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको जिकीर गर्नुभयो । उहाँले गुठीयारहरुले आफ्नो संस्कृति संरक्षणका लागि प्रदर्शन गरेको बताउनुभयो ।

काँग्रेस सांसद डिला संग्रौलाले धर्म, संस्कृति र नागरिकको आस्थामाथि प्रहार नगर्न चेतावनी दिनुभयो । उहाँले राज्यले गुठीयारहरुको प्रदर्शनमाथि आक्रमण गरी धर्म तथा संस्कृतिमाथि नै प्रहार गरेको चेतावनी दिनुभयो । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका राजेन्द्र श्रेष्ठले पनि सरकारले दमन गरेको बताउनुभयो ।

Facebook Comments