नागरिकलाई २० दिनभित्र सम्पत्ति सार्वजनिक गर्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

पाकिस्तान सरकारले मुलुक चलाउन पैसा नभएपछि सबै नागरिकलाई ३० जुन सम्म आफ्नो सम्पत्ति सार्वजनिक गर्न आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा हिजो सम्बोधन गर्दै मुलुकलाई सम्बृद्ध र गरिबको जीवनस्तर सुधार गर्न सम्पूर्ण नागरिकलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले २० दिन भित्र सबैलाई सम्पत्ति सार्वजनिक गरि पाकिस्तानको ऋण चुक्ता गर्नमा सहयोग गर्न अपिल समेत गर्नुभयो । पाकिस्तानको ऋण पछिल्लो १० वर्षमा ६ हजार अर्बबाट ३० हजार अर्ब पुगेको भन्दै प्रधानमन्त्री खानले ऋण चुक्ता गर्नमा नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सरकारको यो आग्रह सँगै पाकिस्तानमा भएका अवैधानिक रकम पत्ता लाग्ने र त्यो जफत गरि ऋण चुक्ता गर्न सहज हुने प्रधानमन्त्री खानको भनाई छ ।

Facebook Comments