समाजमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवस्यक

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दीर्घनारायण पौडेलले समाजमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवस्यक रहेको वताउनुभएको छ । पोखराको रामघाटमा रहेको ज्येष्ट नागरिक दिवा सेवा केन्द्रको आइतवार निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

ज्येष्ठ नागरिक सेवाकेन्द्रको माध्यमवाट उनीहरुका सिकाई र सीपको हस्तान्तरण गर्ने वाताबरण समेत तयार हुने उहाँको भनाई छ । सचिव पौडेलले ज्येष्ठ नागरिकको क्षेत्रमा मन्त्रालयको तर्फवाट हुने सवै सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गत कातिक महिनादेखि संञ्चालमा आएको रामघाट दिवा सेवा केन्द्रमा दैनि ३० देखि ३५ जना ज्येष्ठ नागरिक आउने गरेका छन् । नियमित भक्ति संगित सहित प्रवचन समेत हुने गरेको सचिव केशवप्रसाद ढकालले जानकारी दिनुभयो । हरेक दिन विहान ११ बजेदेखि दिउसो ४ वजेसम्म कार्यक्रम ज्येष्ठ नागरिकको मनोरञ्जनको लागि विविध कार्यक्रम हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments