पोखरा उत्तमचोकमा गोली चल्यो, लागूऔषध प्रयोग कर्ता घाइते

पोखरा महानगरपालिकाको उत्तमचोकमा गोली चलेको छ । गोली चल्दा प्रहरी सहित लागुऔषध सहितका अर्का एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । स्थानीयबासीका अनुसार लागुऔषध सहितका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए ।

प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरीले बताएको छ । घाईते प्रहरीलाई पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज गरिसकिएको र अर्का घाईते लागुऔषध कारोबारी भनिएका गोबिन्द थापालाई भने गण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रीमती समी थापाले आफ्नो श्रीमानको नाम जोन गुरुङ भएको उल्लेख गर्नुभएको छ । प्रहरीमाथि नै आक्रमणमा उत्रिएपछि प्रहरीले घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थापासँगै भएका भनिएका अर्का एक जना व्यक्ति फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो । थापा कतारमा पनि लागुऔष कारोबार गरेको अभियोगमा ४ बर्ष जेल बसेर ६ महिना अगाडि मात्रै नेपाल फर्केको बताइएको छ । यद्यपी परिवारले भने लागू औषध प्रयोग गर्नेबारे आफुहरुलाई केही जानकारी नभएको बताएका छन् ।

Facebook Comments