भारतीय वायुसेना विमान दुर्घटनाग्रस्त

आठ दिनदेखि हराइरहेको भारतीय वायुसेनाको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय बायु सेनाले हराइरहेको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको हो ।

बायुसेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त जहाजका टुक्राहरु भेटिएको उल्लेख गरिएको छ ।

दुर्घटनास्थल चीनको सीमाबाट नजिक पर्छ । विमानमा रहेका चालक दलका ८ सदस्य र ५ यात्रु रहेकामा उनीहरु सबैको मृत्यु भएको आशंका गरिउको छ । तर बायु सेनाले विज्ञप्तिमा यसबारे केही बताएको छैन ।

अघिल्लो सोमबार पूर्वीउत्तरी राज्य आसामको जोरहाटबाट १२ बजेर २५ मिनेटमा उडेको भारतीय वायु सेनाको एन्टोनोभ एन ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन हुँदै हराइरहेको थियो । उक्त मालवाहक जहाज चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको बताइएको छ ।

Facebook Comments