पोखरा हार्डवयर एशोसिएशनको वार्षिकोत्सव सम्पन्न

पोखरा हार्डवयर एशोसिएशन कास्कीको २६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाइएको छ । स्थापनाकालदेखि प्रत्येक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिक्षा र पिछडिएको बर्गलाई सहयोग गर्दै आइरहेको संस्थाले यस वर्ष पृथक तरिकाले आफ्नो भवन रहेको शिवगणेश मार्ग ९ मा सरसफाई गरी मनाइएको हो ।

त्यसैगरी बार्षिकोत्सवका अवसरमा २३ वर्ष अगाडि संस्थाले निर्माण गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पार्कमा रंगरोगन गर्नुको साथै अस्पतालमै मेडिकल वार्डमा रहेका बिरामीहरु र जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्य, संस्थाका बरिष्ठ सल्लाहकार महेश पराजुली, तीर्थ बहादुर बस्नेत, पूर्व सल्लाहकार तथा संस्थापक सचिव परमेश्वर आचार्य, संस्थाका अध्यक्ष कृष्ण मुरारी आचार्य वनमाली, कार्यक्रम संयोजक शेषकान्त ढकाल लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका महासचिव अर्जुन थापाले संचालन गर्नुभएको थियो ।

Facebook Comments