विद्यालयलाई बालमैत्री बनाउन उपप्रमुख गुरुङ्गको जोड

पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ्गले सवै विद्यालय बालमैत्री बनाउनु पर्नेमा जोड दिनुभएको छ । उपप्रमुख गुरुङ्गले मन्टेश्वरी एशोसियशन कास्कीको चौथो बार्षिकोत्सवको अवसरमा पोखरा ३३ बागमारामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

पोखरा ३३ बागमारा स्थित सरस्वती टिका मा.विमा रहेको वौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकालाई विभिन्न सामाग्री बितरण गर्दै, विद्यालयमा बालमैत्री पद्दतीबाट पठन पाठन गराउन समेत आग्रह गर्नुभयो ।

उपप्रमुख गुरुङ्गले बौद्धिक अपाङ्गबालबालिका संवेदनशील हुने भएकाले उनिहरुको विशेष हेरचाह गर्नु पर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाले अपाङ्गनागरिकलाई परिचयपत्र बितरण गरिरहेको उल्लेख गर्दै, उपप्रमुख गुरुङ्गले आगामी बर्षको बजेटमा अपाङ्ग क्षेत्रलाई बिशेष बजेट छुट्टयाईने जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले राज्यले विशेष ध्यानदिनु पर्ने क्षेत्रमा मन्टेश्वरी एशोसियनले सहयोग गरेको उल्लेख गर्दै, वडाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा २४ जनाबौद्धिक अपाङ्गबालबालिकालाई दुई÷दुई जोर पोशाक, व्ल्यांकेट, सिरानी, तन्ना र खाद्यान्नतर्फ विस्कुट विरतण गरिएको थियो ।

मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गार्डेन मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं सामाग्री बितरण कार्यक्रमका संयोजक रितु पौडेल, बौद्धिक अपाङ्ग बालबालिका सेवा केन्द्रका इन्चार्ज श्रीधर आचार्य लगायतले सहयोगका विषयमा बोलेका थिए ।

Facebook Comments