सार्वजनिक सवारी साधानमा यात्रु भाडा बृद्धि

सरकारले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागमा सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बृद्धि गरेको हो । विभागका सूचना अधिकारी तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको जानकारी दिनुभयो । बृद्धि भएको भाडादर असार १ गतेदेखि लागू हुनेछ ।

उहाँका अनुसार ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य खर्चलाई तुलना गरेर वैज्ञानिक ढंगले बढाइएको हो । यस्तै ट्याक्सीमा फ्ल्याग डाउन (चढ्ने बित्तिकै) ५० रुपैयाँ लागू गरिएको छ । प्राविधिक समितिको सिफारिशका आधारमा भाडा बृद्धि सम्बन्धि निर्णय गरिएको विभागले जनाएको छ ।

सरोकारवाला संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने विभागमा कुनै छलफल नभएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले आफूहरूसँग विभागले कुनै छलफल नगरेको जानकारी दिनुभयो । आफूलाई पनि भाडा बृद्धि सम्बन्धि निर्णय मिडियाबाट मात्र जानकारीमा आएको उल्लेख गर्नुभयो ।

Facebook Comments